१. शरिर हुन्जेल खर्च गर्न नसक्ने, मरेपछि लान नसक्ने धनको मोह राख्नु व्यर्थ हो ।
२.मुटुको बजन त प्राय सबैको उस्ता उस्तै हो कसैले खुम्चाएर तिल जत्रो बनाउँछन् कोहिले फुकाएर पहाड जत्रो।
३. सिक्न चाहनेलाई फेसबुकमा आएको पोस्टले नि हजार बात सिकाइदिन्छ तर जो आफुमा निपुर्ण ठान्छ उसलाई कसैले सिकाउन सक्दैन।
४. भन्नलाई भनिन्छ पुरुषको पन्जामा चेपिन्छन् नारी तर तितो यथार्थ यो पनि हो नारी बाटै हेपिन्छन् नारी।
५. संसारमा गल्ती गर्ने मान्छे नै हुन्छन् तर त्यहि गल्तिबाट जसले सिक्छ त्यो नै महान मान्छे बन्छ।
६. कहिलेकाहीँ आफुले एकपाइला पछाडि सारेर जगतको भलो हुन्छ भने हाँसी हाँसी सारी दिनु।
७. हारेर जित्नुको मजा छुट्टै हुन्छ।
८. मान्छे परिपक्क हुन कसैको प्रभावले होइन अभावले हुँदो रहेछ ।
९. हरेक कुरामा कोशिस गरिरहनु सफलता एउटै कुरामा मिले काफि छ।
१०.पहिले खुसी ऐना अगाडिको मान्छेलाई राख्नु, दोस्रो खुसी परिवारलाई, अनि त्यस पछि समाजलाई।
११.कुनै कुरा पढ्नु, ठुलो कुरा होइन किनकी संसारमा पढेर मात्र विद्वान भएका छैनन्। १२।हमीले प्रयोग गर्ने सामान ब्रान्डेड होइन व्यवहार ब्रान्डेड हुनुपर्छ।
१३.अक्सर त्यो झुपडीमा छिर्ने गर्नु,जहाँ सुविधा होइन सम्मानले भरिएको हुन्छ ।
१४.आफुले जिएको जिन्दगी व्यर्थ नसम्झनु किनकी हामीले जिएको जिन्दगी कसैको सपना हुनसक्छ।
१५. मान्छे परिपक्क हुन उमेरले होइन परिस्थितीले बनाएको हुन्छ ।
१६. दुखमा हात दिने भन्दा सल्लाह दिने ज्यादा भेटिन्छन् ।
१७. संसारमा शक्तिशाली त्यो हो जस्ले हरेक पिडालाइ जित्न सक्छ ।
१८.पिडाको नापो हुँदैन जो जसले भोगी रहेको हुन्छ सबैलाई आफ्नै ठुलो हुन्छ।
१९.गल्ति गरेर पतन हुने कि उँभो लाग्ने सबै आफ्नै हातमा हुन्छ।
( लेखिएका सबै कुरा पढ्नु मात्रै भयो भने कथा हुन्छ यदि व्यवहारमा उतार्नु भयो भने अथाह हुन्छ)
✍ देविकाकुवँर ( सामान्य मान्छे)
प्रेरक भनाइहरु
प्रेरक भनाइहरु
"जनआवाज अनलाईन "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















