काठमाडौं / देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा १२ सय दुई जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर काठमाडौं उपत्यकामा जम्मा ४ सय ३१ संक्रमित थपिएका छन्। काठमाडौं मात्र ३ सय ७७ संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ३७ जना थपिएका छन्।
आज देशभर १५ हजार २ सय ६० सक्रिय संक्रमित रहेका सधैँ झैँ नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५५४ पुगेको छ। यो संख्या कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत रहेको पनि गौतमले बताए।
पछिल्लो २४ घघ्टामा १० हजार १७६ पिसिआर परीक्षण गरिएको छ। होम आइसोलेसनमा बस्नेहरूको कुल संख्या ६ हजार १५३ छ।





















