रौतहट / रौतहट जिल्लामा दलितलाई लक्षित गरि हत्याहिंसा ,कुटपिट तथा अज्ञात समुह धारीको बिगबिगी बढ्दै गएको देखिन्छन्।
अज्ञात समुहको धारिलो हतियारको प्रहारले एक जना गम्भीर घाइते भएका छन् । राजपुर नगरपालिका वडा नं २ फतुवा महेशपुरका ५४ बर्षीय सुरज मुखिया धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका छन् ।
मुखियाले घरबाट बिहान ५.३० बजेको समयमा आफ्नो खेतमा धान हेर्न जाँदै गर्दा अपरिचित व्यक्तिले छुरा प्रहार गरि गम्भीर घाइते बनाएका छन । मुखियाको दाहिने हात र पेटको दाहिने पट्टी अपरिचित ब्यक्तिले छुरा प्रहार गरि गम्भीर घाइते बनाएका छन् ।
घाइते मुखियाको सदरमुकाम गौर अस्पतालमा समान्य उपचार पश्चात् थप उपचारको लागि बिरगंज लगिएको प्रहरि प्रबक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिनुभयो।





















