चितवन / चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा कार्यरत डा. पाण्डेलाई भरतपुर अस्पतालको मेसुका रुपमा कामकाज गर्न खटाएको हो।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार डा पाण्डेलाई मेसुको जिम्मा दिने निर्णय गरेका हुन्।
मन्त्रालयको कर्मचारी प्रशासनले मन्त्री स्तरिय निर्णय अनुसारको पत्र आज डा. पाण्डेलाई दिएको छ। भरतपुर अस्पतालमा डा श्रीराम तिवारी मेसु थिए। डा. तिवारी कोरोना संक्रमितको उपचारमा खटिँदा आफैं संक्रमित भएका थिए।
नव नियुक्त मेसु डा.पाण्डे ११ औं तहका प्रमुख कन्सलटेन्ट जनरल फिजिसयन हुन्। डा.पाण्डे पनि नेपालगञ्जमा सेवारत रहँदा कोरोना संक्रमित भएका अहिले कोरोना बाट मुक्त भएका छन् ।






















