काठमाडौं / पछिल्लो २४ घण्टामा एक हजार ८१ जना कोरोना संक्रमित थपिएका छन्। बुधबार थपिएका सँगै कोभिड-१९ संक्रमित सँगै देशभरको संख्या ४९ हजार २ सय १९ पुगेको छ। जसमा काठमाडाैं मात्र ३ सय ९४ संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना थपिएका छन् ।
यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि करिब ५० हजार नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा थप ९ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन्।
कुल डिस्चार्ज हुनेको संख्या हजार ३३ हजार पुगेको छ। यो संख्या कुल संक्रमितको ६८.८ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।





















