लमजुङ / जिल्लामा क्रियाशील गैरसरकारी संस्था च्वाइस नेपाल र गोरखा वइलफर ट्रस्टले नमुना सामुदायिक अस्पतालमा करिब ६ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन्। अस्पतालको सेवा प्रवाह व्यवस्थापनमा थप सहयोग गर्ने उद्देश्य सहित ती संस्थाले सहयोग गरेका हुन्।
अस्पतालको लागि हेण्डफुड, अटो अक्सिजन, सेनिटाइजर, माक्स पिपिसेट लगाएतका सामाग्रीहरु सहयोग गरेका हुन्। मंगलबार एक कार्यक्रमका विच सुन्दरवजार नगरपालिका प्रमुख जनकराज मिश्र र च्वाईस नेपाल लमजुङका संयोजक सुकराम दुलालले अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
सहयोगी संस्थाहरुबाट प्राप्त स्वास्थ्य सामाग्रीले अस्पतालको सेवा व्यवस्थापनमा निकै सहयोग पुगेको अध्यक्ष अधिकारीले बताए।
१५ शैय्याको यस अस्पतालले आकस्मिक सेवा, ओपिडी सेवा, ल्याव, एक्सरे, भिडियो एक्सरे, प्रसुति र दन्त सेवा गुणस्तरिय रुपमा प्रदान गर्दै आएको छ। अस्पतालमा शुद्ध पिउने पानी, मोटर, शौचालय, यन्त्र उपकरण र कर्मचारीहरु पनि पर्याप्त छन्।
अस्पताल उपकरण सँगै हालको संक्रमणकालीन अवस्थामा स्वास्थ्य कर्मी र कर्मचारी व्यवस्थापनको लागि आर्थिक सहयोग गर्ने दाताको पनि खोजी भइरहेको अध्यक्ष अधिकारीको भनाइ छ।
२०६७ सालबाट सञ्चालनमा आएको सो अस्पतालमा अहिले करिब पाँच करोडको लागतमा आधुनिक एवं वैज्ञानिक रुपबाट आवश्यकताअनुसार कोठाहरु, प्रयोगशाला, बिरामी शघनकक्ष, विभाग, विद्युतगृह, एकसरे कोठा, इन्टरनेट र चमेनागृहको प्रर्याप्त सुविधा छ।





















