काठमाडौं / नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
उनले आज परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । महामन्त्री डा. कोइरालालाई हाल स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको उहाँका सहयोगी सुरज उप्रेतीले जानकारी दिए ।
महामन्त्री डा. कोइराला चिकित्सकहरुको सल्लाह अनुसार हाल होम आइसोलेसनमा बस्नुभएको छ । साथै उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनु हुन अनुरोध गरेका छन् ।





















