कपिलवस्तु / जनता समाजवादी पार्टी कपिलवस्तुले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुलाई धार्मिक प्ररम्परा अनुसार सदगद गर्नु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी दिर्ग नारायण पौडेल संग माग गरेको छ ।
कपिलवस्तुको तौलिहवामा १ जनामा कोरोना संक्रमणका कारण मृत्यू भएको थियो । त्यसमा प्रशासन तथा मृतकका परिवार बिच सदगद गर्ने विषयमा विवाद भए पछि सावधानी अपनाएर शवलाई धार्मिक परम्परा अनुसार गर्नु पर्ने माग राखेको छ ।
जनता समाजवादी पार्टीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै प्ररम्परागत धार्किम मल्य मन्याता अनुसार शवलाई सदगद गर्नु पर्ने माग राखेको जिल्ला अध्यक्ष कैलाश अग्रहरीले बताएका छन ।
त्यस्तै अर्का जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले स्वाब संकलन गरेको १० दिन सम्म प्रतिवेदन रिर्पोट नआउनु र मृत्यू भए पछि रिर्पोट आउनु दुखद रहेको जिकिर गर्दै अबका दिनमा यस्ता गल्तिलाई सुधार गर्दै समयमा नै रिपोर्ट दिनु पर्ने माग गरिएको बताएका छन । राजनैतिक दल, नागरिक समाज र प्रशासन बिच बैठक बसी शव व्यावस्थापनको लागि ठोस कदम लिनु पर्ने माग गरिएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
आगमी दिनहरु यस्ता कमीकजोरीहरु नहुना दिनको लागि प्रशासनले ठोस निणर्य लिनु पर्ने बताईएको छ । ज्ञापन पत्र लिदै प्र.जि. अ. पौडेलले राम्रो सुझाव आएकोले अबका दिनमा हामी मिलेर कार्य गर्ने बताएका छन ।






















