चितवन / चितवनमा आज मात्र ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा ६५ जनामा कोरोना पुष्टि भएको हो । सोमबार संक्रमित पुष्टि भएका मध्ये चितवनका मात्र ४६ जना रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, सोमवार साँझ सम्म जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ५५ पुगेको छ । संक्रमित हुने मध्ये ६ सय १२ पुरुष र ४ सय ४३ जना महिला रहेका छन् ।
त्यस्तैगरी अहिले सम्म सवैभन्दा बढि भरतपुर महानगरपालिकाका ६ सय ९५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीतान्जली ढकालले जानकारी दिनुभयो ।
त्यसपछि रत्ननगर नगरपालिकामा १ सय २५, राप्ती नगरपालिकामा ९७, खैरहनी नगरपालिकामा ५४, माडी नगरपालिकामा ५२, कालिका नगरपालिकामा २८ र इच्छाकामना गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिले चितवनमा ७ सय ९० जना सक्रिय संक्रमित रहेका छन् भने, २ सय ५३ जनालाई कोरोना निको भैसकेको जनस्वास्थ्य अधिकृत ढकालले जानकारी दिनुभयो । यस्तै जिल्लामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
हाल २ सय ८१ जना होम आइसोलेसनमा छन् भने, ५ सय ९ जनाको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।





















