काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
परिवारका सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो ।
परिवारका सदस्यलाई कोरोना सङ्क्रमण देखिए सँगै मन्त्री ढकाल हाल निवासमै आइसोलेसनमा बस्नुभएको संयोजक तिवारीले जानकारी दिनुभयो ।





















