चितवन / चितवनका १९ सहित चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १९ र अन्य जिल्लाका ११ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ११ जना रहेका छन् । जसमा ७ वर्षीय बालकदेखि ७२ वर्षीया महिलासम्म रहेका छन् ।
यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिकाका ६ जना र खैरहनी नगरपालिकाका २ जना रहेका छन् । यसै गरि मकवानपुरका ८ जना, तनहुँका २ जना र नवलपरासी पूर्वका एक जना रहेका छन् ।





















