चितवन / ओली सरकारले प्रतिबंध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन् । उनलाई भरतपुर अस्पतालमा उपचाररत रहेको अवस्थामा प्रहरीले शनिबार अपरान्ह गिरफ्तार गरेको हो ।
उनलाई भरतपुर अस्पतालले आषाढ ३ गतेको पत्र थमाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बिरहिलाई किन के मुद्धामा पक्रिएको भन्ने प्रहरीलाई पनि जानकारी नभएको धनुषा प्रहरीकै एक अधिकृत ले अनविज्ञता प्रकट गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरही विरुद्ध मुद्धा भएकाले उनलाई नियन्त्रणमा लिइएको बताए । उनले भने–‘अस्पतालले डिस्चार्ज गरेपछि प्रहरीले नियन्त्रणमा लिएको भन्दै उनलाई धनुषा पठाउँने जानकारी दिए। जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उनलाई प्रहरी कार्यालय लगिएको थियो ।
नेता विरही गत वैशाखमा घरबाट लडी गंभीर घाइते अवस्थामा अस्पतालमा ल्याइएको थियो। घरमा लडेपछि ढाँडमा गम्भीर समस्या भएको कारण उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याईएको थियो । सोही बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर भरतपुर अस्पताल पुर्याईएको थियो । नेता विरही लेखक, कवि तथा रातो खबर पत्रिकाका निर्देशक समेत हुन्।






















