रौतहट / रौतहटको मध्य भाग गरुडामा रहेको हेल्थ ल्याण्ड हस्पिटल माथी एक विरामीले गम्भिर आरोप लगाएको छ ।
जिल्लाको गढिमाई नगरपालिका ८ विरनगराका माधो साहले आफना श्रीमतिको उपचारमा हस्पिटलले लापरवाही गरेको आरोप लगाएका छन ।
केहि महिना अघि साहको श्रीमती गीता देवी साहको आफनै घरमा भएको झगडामा बाँया हातको हण्डी भाचेको थियो । त्यसपछि माधो साहले श्रीमतिलाई प्लास्टर गराउन हेल्थ ल्याण्ड हस्पिटल गरुडामा ल्याएका थिए ।

हस्पिटलका हाड जोर्नी तथा नसा रोग विशेषज्ञ एमबीबीएस एमएस अर्थो डा. कृष्ण कुमार झाले उनको श्रीमति गीता देवीको हातमा अर्को प्लेट लगाएर अप्रेसन गरिदिएको थियो । अप्रेसन गरेपछि केहि दिनको लागि ठिक भएपनि पछि गएर गीता देवीको अप्रेसन गरिएको हातको हण्डी कुहिएको र गनहाउन थालेको विरामीको श्रीमान माधो साहको आरोप छ ।
हस्पिटलका डाक्टरले राम्रो सँग अप्रेसन नगरेको र उपचारमा लापरवाही गरेको कारण आफना श्रीमतिको हात नै काटनुपर्ने अवस्था आएको साहले आरोप लगाएका छन ।
हस्पिटलमा भएको उपचारबाट ठिक नभएपछि पछि काठमाडौंमा गराएको उपचारबाट श्रीमतीको हात अहिले विस्तारै ठिक हुँदै गएको उनले बताए । हेल्थ ल्याण्ड हस्पिटलले गरेको सानो गल्तिका कारण काठमाडौंमा उपचार गराउनु पर्दा श्रीमतीको उपचारमा करिव ५ लाख रुपैया खर्च भएको उनले बताए ।
हस्पिटलमा पैसा पनि धेरै खर्च भएको र श्रीमतिको हात पनि ठिक नभएको भन्दै पिडित साहले श्रीमतिको उपचारमा लागेको खर्च उपलब्ध गराइदिन हस्पिटलसँग माग गरेको छ ।
विरामीका श्रीमान माधो साहले हेल्थ ल्याण्ड हस्पिटलले श्रीमतीको उपचारमा लापरवाही गरेको आरोप लगाए पनि हस्पिटलले उनको उपचारमा आफनो डाक्टरले कुनै लापरवाही र गल्ति नगरेको दावी गरेको छ ।
उनको आफनै कारणले हण्डी कुहिएको र उपचारमा आफुले कुनै लापरवाही नगरेको उपचारमा संलग्न डाक्टर कृष्ण कुमार झाले दावी गरेका छन ।
आफुले सफलता पुर्वक अप्रेसन गरेर घर पठाएको र २५ दिन पछि विरामीलाई पुन हस्पिटल आउनलाई भने पनि विरामीले आफुले दिएको समयमा नआएको कारण हडि कुहिन गएको डाक्टर झाले बताए ।
डाक्टर झाले भने आफुले अप्रेसन गरेपछि २५ दिन भित्रमा फेरी आउन भनेको थिएँ ।






















