चितवन / चितवनको भरतपुर महानगरपालिका वडा न. १० हस्पिटल रोडमा रहेको देव हस्पिटल प्रा. लि. ले आफ्नो अस्पतालमा जन्मिएका बच्चाहरुलाई वर्थे डे गिफ्ट सहयोग गर्ने भएको छ ।
अबका दिनमा यस देव अस्पताल प्रा. लि.ले आफ्नो अस्पतालमा जन्मिएका बच्चाहरुलाई वर्थे डे गिफ्ट दिने र बच्चा सहित परिवारलाई छुट कार्ड दिने व्यवस्था गरेको छ यसले गरिब दुखि परिवारको बच्चालाई थप खुसि र केही मात्रामा भए पनि सहयोग हुनेछ , अन्य हस्पिटलले भन्दा केही फरक तवरले यस हस्पिटलले थप सेवा सुविधा लक्षित गरि गरिब दुखि र असाय परिवारलाई सेवामा छुट कार्डको व्यवस्था गरिएको जानकारी अस्पतालका प्रबन्ध निर्देशक रमेश पाण्डेले जानकारी दिनुभयो ।
यस्तो सेवा नेपालमा नै पहिलो पटक यस अस्पतालले शुरु गर्न लागेको पाण्डेले बताउनु भयो । यहि सुविधाले गर्दा सुत्केरी हुनेहरुको भिड लाग्ने गरेको कुरा यसै हस्पिटलका स्टाफहरुको समेत भनाई छ ।
यस हस्पिटलले यस अघि पनि विभिन्न किसिमका सहयोगका योजना बनाई सेवा प्रदान गर्दै आएको छ ।






















