चितवन / चितवनको सीएमसी मा कोरोना भाइरस ९कोभिड–१९० संक्रमित एक महिलाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजको कोभिड सघन कक्ष (आइसीयू) मा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज शुक्रबार दिउँसो १ः४४ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । छाती र श्वासप्रश्वासमा समस्या देखिए पछि ती महिला भदौं ११ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।
ती महिलाको बिहीबार राति मात्रै डा. दयाराम लम्साल र डा. शितल अधिकारीको टिमले प्लाज्मा थेरापीबाट उपचार सुरु गरेको थियो ।





















