धरती नै विषालु छ मान्छौ भने मान ।
एक्लो जीवन जिउन सधैँ सक्छौ भने धान ।।
ए कोरोना १ तैले कस्तो भय लिई आइस् ?
भय निभाई सकिएन फेरि अघि जान ।।
किन यति अतङ्कित हुन्छ होला मानिस ?
ढोका लगाई पुग्दैन कि फेरि सबलाई खान ?
शङ्का गर्दै कोरोनाको छिः छिः दुरदुर गर्नी ।
मर्नी विधि हजारौँ छन् भन्ने पनि ठान ।।
भन्नलाई त सजिलो छ काम गर्न गाह्रो ।
नपरुन्जेल देखाउँछन् सबले यस्तै शान ।।
कोही भन्छन् विकसित मुलुकको व्यापार ।
को छ नजिक कोरोनाको कसलाई होला ज्ञान ?
अपमान हैन हजुर सबलाई सम्मान गरौँ ।
कर्म गर्दै निश्चिन्त भई मिलाउँ खानपान ।।





















