काठमाडौं / नेपालमा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको र ७ सय ६८ जना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
नेपालमा कोरोना भाइरसको संक्रमण देखिएकामध्ये हालसम्म संक्रमण मुक्त हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ । अझै ७ हजार ३ सय ९० जना संक्रमणको आाशंकामा देशभरका विभिन्न ठाउँमा गरी क्वारेन्टाइनमा रहेका छन् ।
काठमाडौँ उपत्यकामा ४ सय ८१ जना संक्रमित थपिएका छन्। काठमाडौँमा ३९३ जना, भक्तपुरमा ३० जना र ललितपुर ५८ जना संक्रमित थपिएका छन्।





















