काठमाडौं / काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाइ कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना पोजेटिभ देखिए सँगै अहिले उनी आइसोलेसनमा रहेकाे जनाइएकाे छ ।
उनले श्रीमतीलाई १०० डिग्री भन्दा ज्वरो देखिए पछि ग्रान्डी अस्पतालमा आइतबार नियमित जाँचका लागि गएको बेला पीसिआर परीक्षणका लागि स्वाब दिएका थिए । अस्पतालले आज मेयर शाक्यको पोजेटिभ रिर्पोट आएको र उनको श्रीमतीको भने नगेटिभ आएको जनाएको हो ।
आफुमा संक्रमणको लक्षण नदेखिएको र अहिले घरमै बसिरहेको बताएका छन् ।





















