चितवन / चितवनमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका ८ का अन्दाजी ३५ नवराज दराई र निर बहादुर रानामगर रहेका छन्।
स्थानिय चुडामढि शर्मा लगायतले संचालन भरतपुर ८ सल्यानी टोलमा गरेको माछा पोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिए।
दैनिक माछा चोरी भएपछि माछापोखरीको डिलमा राखिएको तारमा रातको समयमा करेन्ट छाड्ने गरेको सञ्चालकले प्रारम्भिक बयान दिएको थापाले जानकारी दिए।
मृतकहरुको साथमा जाल समेत भेटिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फाईल फोटो





















