चितवन / चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो समेत चितवनमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
भरतपुर अस्पतालमा उपचाररत भरतपुर–६, केशरबाग चितवनका ७८ वर्षीय पुरुषको आज सोमबार बिहान ७ः२० बजेको समयमा मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकल को अर्डिनेटर डा. प्रमोद पौडेलले जानकारी दिए । ती पुरुषलाई भदौं २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
श्वासप्रश्वासमा गम्भिर समस्या भई ती पुरुषलाई भदौं ६ गते भरतपुर अस्पताल ल्याइएको थियो ।
अवस्था जटिल हुँदै गएपछि उनको कोभिड सघन कक्ष (आइसीयू ) मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।





















