रुपन्देही / प्रदेश नम्बर ५ का पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन ईन्जिनियर घुस रुपैया सहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर मनिष कुमार अर्याललाई घुस रकम सहित पक्राउ गरेको हो । उनलाई ५ लाख ३० हजार रुपैया सहित पक्राउ गरेको आयोगको कार्यालय बुटबलले जनाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाटै उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको बताइएको छ । कार्यालयबाट बाहिर निस्किने वित्तिकै ईन्जिनियर अर्याललाई पक्राउ गरिएको आयोगका सूचना अधिकारी सुरेश भुषालले जानकारी दिए ।





















