काठमाडौं / ललितपुरको धोविघाट स्थित मेघा अस्पतालले समेत कोरोनाको उपचार गर्न थालेको छ । सरकारले मेघा अस्पताललाई समेत कोभिड अस्पतालमा सूचीकृत गरे सँगै उपचार थालेको हो ।
कोरोना महामारीसम्बन्धि अन्तरिक निर्देशिका अनुसार नेपाल सरकारको सचिवस्तरीय निर्णयले मेघालाई सूचीकृत गरेको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचीकृत अस्पतालको हैसियतमा व्यवस्थापन गर्न भनेको छ ।
अहिले पनि मेघाले ५५ जना संक्रमितको टेक कियर गरिरहेको छ । कोरोना महामारी फैलिरहेकै यस समयमा धेरै अस्पतालले सामान्य विरामीको उपचार गर्न मानिरहेका थिएनन् । तर, मेघा अस्पतालले कोरोना त्रासकाबीच पनि सामान्य उपचारदेखि जटिल शल्यक्रिया समेत गरिरहेको थियो ।
त्यति मात्रै होइन, मेघा हस्पिटलले ७ हजार पर्ने होलबडी जाँच समेत ३५ सयमा गरेर बरिष्ठ फिजिसियनबाट निःशुल्क परामर्श समेत दिने गरेको छ । पछिल्लो समय सञ्चारमाध्यममा निजी अस्पतालले वर्ग विभेद गरेका र विपन्नलाई उपचारको साटो हेलाहिचो गरेका तथ्यहरु आउने गरेका छन् ।
तर, मेघा अस्पतालले वर्गविहिन उपचारलाई आफ्नो सेवाधर्म बनाउँदै आएको छ ।





















