चितवन / चितवन जिल्लाका कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् । असारमा रोपिएको धान गोडमेल गर्ने बेलामा मल नपाए पछि उनीहरु चिन्तित भएका हुन् खैरहनी नगरपालिका– २ चैनपुरका किसान ज्योतिश प्रदिप अर्यालले धान र तरकारी खेतीमा प्रयोग गर्न मल नपाइएको गुनासो गर्नुभयो ।
हामी किसान बर्गलाई १ हप्ता मात्रै गाडी खुलाई मल दिए धेरै आड भरोसा हुन्थ्यो । जति बिजोग त किसान बर्गलाई परेको छ । अलि ठूला ठालु भन्नेले त किनेर खान्छन् फेरि किसानहरूलाई नै हो बढी कोरोनाले आक्रमण गर्ने, मर्ने मर्छन् बाँच्ने त बाँचि हाल्छन् कालको खाँबो कोई हुन सक्छ र ,जो पनि दिन आईपुगेपछि मर्नी त हो नि ,भिरमा जानी गाईलाई राम बोल्न सकिन्छ ,काँध थाप्न सकिदैन , गाडी खुलाउने माध्यम १९ गते भन्दा अगाडी नसके पनि १९ गतेबाट खोल्ने माध्यम सरकारले गरि दिएमा सम्पूर्ण किसानहरुलाई राहत हुने जनआवाज अनलाईन सँग प्रदिप अर्यालले गुनासो गर्नु भएको छ ।
“धानमा मल राख्ने बेला भइसक्यो, मल भने पाउन सकिएन,” उहाँले भन्नुभयो, “मल नै हाल्न नपाएपछि खेतीमा रोग लागेको छ ।” मल नपाएर अब घाँस काटेर बस्तुलाई दिनपर्ला २५ गते तिर बाट दिग्दार लाग्न थालेको छ । युरिया मल नपाएर सबै विग्रिएको छ अब के काम त भए भरको धान रोगाएर अेोषधी उपचार मात्रै ३५ हजार भन्दा माथिको गरिसकेँ ३५ हजार लाएर रोपेको धानलाई ३५ हजारको उपचार गर्दा पनि धानको रोग नछुटे पछि युरिया नपाएरै हो भन्ने निश्चित भएन र ! उहाँले बताउनुभयो । “कृषि सामग्री कम्पनी चितवनमा फोन गरेर मल आयो भनेर सोध्छु तर मल आएको खबर आउँदैन”, अर्यालले भन्नुभयो ।
हरेक वर्ष मलको अभाव हुने गरे पनि यस वर्ष भने लकडाउनका कारण कृषक मारमा परेको उहाँको भनाइ छ । “अब चाहिएको बेला नपाइएपछि कृषकहरुलाई खल्लो अनुभव हुँदोरहेछ, मल नै हाल्न नपाएपछि उत्पादन घट्ने निश्चित छ”, उहाँले भन्नुभयो । सरकारले कृषकलाई कृषि खेतीमा लाग्न प्रोत्साहन गर्ने नीति लिएको बताए पनि व्यवहारमा त्यस्तो नदेखिएको किसानको गुनासो छ ।
यसपटक समयमै वर्षा भए पनि चाहिएको बेला मल नपाइए पछि कृषकमा निराशा छाएको छ । कोभिड–१९ को सङ्क्रमण र त्यसपछि गरिएको बन्दाबन्दीले शहर छिरेका व्यक्ति पनि गाउँ आएर कृषि खेतीमा लागेका थिए । समयमै धान खेती सकिएको भए पनि मल नपाइए पछि कृषकहरुले जति सक्दो मल उपलब्ध गराइदिन माग गरेका छन् ।
यस बारेमा कृषिका मल बिऊ बेच्ने व्यापारीहरुहरुले बर्षेनी मलको अभाव हुँदै आएको भए पनि यसपटक भने कोभिड–१९ का कारण कृषकलाई समयमै मल उपलब्ध गराउन नसकिएको जानकारी दिन्छन् ।
“चार महिना देखि युरिया मल छैन, मल खरिदको प्रक्रिया शुरु हुने बेला बन्दाबन्दी भयो, समयमा टेन्डर प्रक्रिया हुन सकेन”,व्यापारीहरु भन्छन् । अझै मल कहिले आउछ भन्ने ठेगान छैन ।





















