काठमाडौं / सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय मन्त्रिपरिषदमा फेरबदलको तयारी थालेका छन् । अध्यक्षद्वयका भित्रियाहरुका अनुसार दुवै अध्यक्ष मन्त्रिपरिषदबाट अधिकांश मन्त्रिहरुलाई विदा गरेर नयाँ अनुहार ल्याउन सहमत छन् । तर अध्यक्षद्वयबिच एउटा विषयमा मतभिन्नता रहेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली आफुले भनेको मान्ने केही मन्त्रिहरुलाई नबदल्ने अडानमा छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड भने ओलीबाहेक सबैलाई विदा गरेर नयाँ अनुहार ल्याउनुपर्ने अडानमा रहेका छन् ।
यि हुन् ओलीले हटाउन नचाहेका र ल्याउन चाहेका अनुहार
प्रधानमन्त्री ओलीले केही मन्त्रिहरुलाई हटाउन चाहेका छैनन् भने केही बाहिर भएकाहरुलाई ल्याउन चाहेका छन् । हटाउन नचाहेका र ल्याउन चाहेका अनुहारहरु साविक एमालेका भन्दा पनि माओवादी तर्फका छन् ।
स्रोतका अनुसार ओली गृहमन्त्री राम बहादुर थापा बादल र उद्योग तथा वाणिज्यमन्त्रि लेखराज भट्टलाई कायम राख्न चाहेका छन् । यि दुवै मन्त्रिहरु साविक माओवादी तर्फका हुन् । पछिल्लो नेकपाको अन्तरविरोधमा साथ दिएका भट्ट र बिचमा बसेका थापाबाट साथ पाइन्छ भन्ने बुझाईमा ओली रहेको बताइन्छ ।
यसैगरी ओली अर्थमन्त्री युवराज खतिवडालाई जुनकुनै मुल्यमा नहटाउने पक्षमा छन् । खतिवडा संघिय संसद तथा राष्ट्रियसभामा कतै नभएका कारण राष्ट्रियसभामा लगेर भएपनि खतिवडालाई अर्थमन्त्रीमा कायम राख्न चाहन्छन् ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्रि इश्वर पोखरेल पछिल्लो समय विवाद अनियमिततामा मुछिएपनि उनको निरन्तरताको पक्षमा ओली छन् । अन्य मन्त्रिहरुको हकमा ओली राख्न या हटाउन दुवै तयार रहेको स्रोत बताउँछ ।
यसैगरी ओलीले अहिले मन्त्रिपरिषदमा नभएका केही नेताहरुलाई सहभागी गराउन ओलीले लबिङ् थालेका छन् ।
उनले यसअघि ७० करोडको अडियो प्रकरण सार्वजनिक भएर राजिनामा दिएका संचारमन्त्रि गोकुल बास्कोटालाई ल्याउने तयारी गरेका छन् । जसका लागि अख्तियार अनुसन्धान आयोगलाई समेत बास्कोटालाई उन्मुक्ति दिन निर्देशन दिएको बताइन्छ ।
यसैगरी माओवादी कित्ताबाट पछिल्लो अन्तरविरोधमा आआफुलाई सहयोग गरेका टोप बहादुर रायमाझि लगायतका केही नेताहरुलाई जसरी पनि मन्त्रि बनाउने अडानमा ओली छन् ।
स्रोतहरुका अनुसार यसअघि साविक माओवादीका नेताहरु रायमाझि, देवेन्द्र पौडेल, हरिबोल गजुरेल लगायतका नेताहरुलाई ओलीले मन्त्रिमण्डलमा सहभागी गराउने बचन दिईसकेका छन् । रायमाझि ओलीको सोही बचनका कारण प्रचण्डको साथ छोडेको चर्चा साविक माओवादी वृतमा छ ।
यसैगरी ओलीले नचाहेपनि वरिष्ठ नेता माधव नेपाल पक्षका केही नेताहरुलाई मन्त्रिमण्डलमा ल्याउनुपर्ने बाध्यतामा ओली छन् ।
अर्को रमाईलो कुरा त के छ भने ओली खानेपानि मन्त्रिसमेत रहेकी विना मगरलाई निरन्तरता दिने पक्षमा छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी समेत रहेकी मगरलाई निरन्तरता दिएर दुई शिकार गर्ने योजनामा रहेका छन् । यसो गर्दा प्रचण्ड परिवारवादी भएको भन्दै बदनाम पनि हुने र फकाउन पनि सजिलो हुने बुझाइमा ओली छन् ।
माथि उल्लेखित नामहरुबाहेक पछिल्लो समय उपसभामुखबाट बाहिरिएकी कानुनमन्त्री शिवमाया तुम्हाम्फेको पदपनि सुरक्षित्र नै रहेको बताइन्छ ।
कोको छन् आकांक्षी ?
प्रधानमन्त्री ओली संविधानत दुई मन्त्रालय फुटाएर मन्त्रालयको संख्या २५ बनाउने पक्षमा छन् । अहिले मन्त्रालयको संख्या २२ छन् भने ३ राज्यमन्त्रीहरु छन् । दुई मन्त्रालय फुटाएर ३ मन्त्रालय थप्ने योजनामा ओली रहेका छन् ।
२५ मन्त्रालयका लागी ५० भन्दा नेकपाका नेताहरु आकांक्षी रहेको बताइन्छ । नेकपाको ९ जनाको सचिवालयमा प्रचण्ड, नेपाल र खनालबाहेक बाँकी सबै आकांक्षी हुन् । ओली, पोखरेल र थापा यसअघिकै क्याबिनेटमा छन् । उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल तिनैजना आकांक्षी हुन् । गौतम संसदमा छैनन् ।
तर राम्रो मन्त्रालय पाए राष्ट्रिय सभाको बाटोबाट भित्रिने योजनामा रहेका छन् । कास्कीका खगराज अधिकारी, पाल्पाका सोमप्रसाद पाण्डे, भक्तपुरका महेश बस्नेत, ओखलढुंगाका यज्ञराज सुनुवार, खोटाङ्का विशाल आफुलाई अनुकुल अवस्था नबने श्रीमति तुल्सा थापालाई बनाउने योजनामा छन् ।
श्रेष्ठ आफु आकांक्षी रहेका नबताएपनि पार्टीको आवश्यकता अनुसार जान सक्ने बताउँदै आएका छन् । पौडेल भने खतिवडाको ठाउँमा अर्थमन्त्री बन्ने योजनामा रहेका छन् ।
तर अर्थमन्त्रीमा पौडेलको मात्रै आँखा छैन । नेपाल पक्षका सुरेन्द्र पाण्डे अर्थमन्त्रीका लागी दावेदार हुन् । नेपाल पक्ष मिलाउनुपर्ने वाध्यतामा रहेका ओलीले पाण्डे र भिम रावललाई समेट्न सक्छन् ।
यसैगरी पम्फा भुषाल, जनार्दन शर्मा, टोप बहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरी अधिकारी, कमला रोका, सुरविर राई लगायतका नेताहरु साविक माओवादीबाट आकांक्षी छन् ।
यसैगरी साविक एमालेबाट पौडेल, रावल, पाण्डे बाहेक कास्कीका खगराज अधिकारी, पाल्पाका सोमप्रसाद पाण्डे, भक्तपुरका महेश बस्नेत, ओखलढुंगाका यज्ञराज सुनुवार, खोटाङ्का विशाल भट्टराई, बैतडीका दामोदर भण्डारी लगायतका गरी झण्डै १ दर्जन आकांक्षी रहेका छन् ।





















