काठमाडौं / कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले प्रहरीमा उजुरी गरेका छन् ।आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै बिहीबार साँझ ट्वीटमार्फत त्यसविरुद्ध उजुरी दिएको जानकारी गराएका हुन्।
‘मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ। यो मेरो चरित्रहत्या गर्न गलत नियतले फैलाइएको पूर्णतः कपोलकल्पित र भ्रामक कुरा होू, सिरोहियाले ट्वीटमा लेखेका छन्, ‘यस्तो दुष्प्रचार सुरु गर्ने र हल्ला फैलाउने सबैको खोज बिन गरी उनीहरू माथि सख्त कानूनी कार्वाही गर्न प्रहरीमा उजुरी दिइएको छ।’
तर, सोल्टी होटलसँग जोडेर के चर्चा चलाइएको हो र त्यस्तो चर्चा चलाउने को हो भन्ने बारे भने सिरोहियाले केही खुलाएका छैनन्।





















