मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायको सवालमा हुँने यात्रा निअर्थक हुनेछ । पढाई लेखाईमा अलि बढि समय खर्चिय नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रणय सम्बन्धमा चिसोपनको आभाष हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण अवसरहरु जुर्न सक्छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।समयमा कामहरु नसकिने हुँनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण गुम्न सक्छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर औषधीजन्य वस्तुमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् ।आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउँनेछ भने समयमा काम नबन्नाले मान सम्मानमा कमिको महशुष हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सरकारि तथा प्राकृतिक स्रोत साधनका प्रयोग गर्दा ख्याल गर्नु पर्ने समय रहेकोछ ।अन्य काममा ब्यास्त रहनाले पढाई लेखाईमा समय दिन सकिने छैन । बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक कारोबार फस्टाएर जाने तथा दैनिकी सहजै बित्नेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ ।पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ ।





















