काठमाडौं / देशभर कोरोना संक्रमितको संख्या ३४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा . डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्।
बुधबार ८ सय ८५ जना संक्रमित थपिएसँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ नाघेको गौतमले बताए। गौतमका अनुसार बुधबार भेटिएका संक्रमितमध्ये २९९ महिला र ५ सय ८६ जना पुरुष रहेका छन्। गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टा १३ हजार ५ सय ५३ जनाको परीक्षण गरिएको छ। यस्तै ९ हजार ८ सय ३२ देशभरका क्वारेन्टाइनमा छन्।
यसैगरी ६०२८ जना होम आइसोलेसनमा रहेका गौतमले बताए। यसैगरी प्रदेश २ को सर्लाहीमा १ सय २० संक्रमित थपिएका छन्। देशभरबाट पछिल्लो २४ घण्टामा २ सय ८५ संक्रमित डिस्चार्ज भएका छन्।
यसैगरी काठमाडौं उपत्यका विस्तारै भयाभह बन्दै गएको छ। मंगलबारसम्म काठमाडौं जिल्लामा २ सय भन्दा तल संक्रमित भेटिइरहेको अवस्थामा बुधबार २ सय ३० जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा गौतमले बताए अनुसार आज काठमाडौंमा २ सय ३० जना, भक्तपुरमा २४ जना , ललितपुर ४७ संक्रमित थपिएका छन्। गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टा १३ हजार ५ सय ५३ जनाको परीक्षण गरिएको छ। यस्तै ९ हजार ८ सय ३२ देशभरका क्वारेन्टाइनमा छन्।
यसैगरी ६०२८ जना होम आइसोलेसनमा रहेका गौतमले बताए। यसैगरी प्रदेश २ को सर्लाहीमा १ सय २० संक्रमित थपिएका छन्। देशभरबाट पछिल्लो २४ घण्टामा २ सय ८५ संक्रमित डिस्चार्ज भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा २ जना महिला र ९ जना पुरुष गरि ११ जनाको मृत्यु भएको छ ।





















