धन कामाउन परदेश पसेको छु आमा
लकडाउनमा रुममा फसेको छु आमा !
कैले सम्म चल्छ यी उराठ लाग्दा दिनहरु
यस्तै सम्झिएर बसेको छु आमा !!
मैले त जसो तसो खानालाइ पाको छु
घरको चिन्ताले पो खसेको छु आमा !!
साहुले पनि त अब पत्याउदैन होला नी
यस्तै भैरयो भने सम्झिएर झस्केको छु आमा !!
जे जस्तो भएपनी सुरक्षित भै बस्नुहोला
रिन लाग्ला दिन नलागोस भगवान सग भाकेको छु आमा !!!
( लेखक माधव कुवँर हाल कतारमा हनुहुन्छ )





















