चितवन / चितवनका ४० सहित चितवनमा थप ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राती गरिएको परीक्षणमा चितवनका ४० जना सहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो ९ गते राती १२ बजे सम्मकोे रिपोर्ट हो ।
संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन् । महानगरमा २० महिला र १६ पुरुष गरि ३६ जना संक्रमण पुष्टि भएको छ । पुरुषहरु ५ वर्षीय बालकदेखि ४६ वर्षीय उमेर समूहका छन् भने महिलाहरु ८ वर्षीया बालिका देखि ५४ वर्ष सम्मका रहेका छन् । उनीहरु भरतपुर–२, ४, ५, ७, ९, १०, ११, १२, १४, १५, १६ नम्बर वडाका हुन् ।
भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।






















