चितवन / सोमबार राती चितवनका १५ सहित चितवनमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीको गैंडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ९ जना रहेका छन् । जसमध्ये २ जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरु मध्ये एक जना श्रीपुष्पाञ्जली हस्पिटलमा उपचाररत भरतपुर–३ का ५१ वर्षीय पुरुष छन् । यस्तै अन्य ६ जना पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालबाट स्वाब दिएका थिए ।
यस्तै पुरानो मेडिकल कलेजमा उपचाररत मकवापनुर हेटौंडाकाकी ३८ वर्षीया महिला र पूर्वी नवलपरासी गैंडाकोटकी ५२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरि पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलबाट स्वाब दिएका रत्ननगर–५ र १० का ३६ वर्षीय पुरुष र २८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । यसैगरि राप्ती नगरपालिका–२ र ८ का ५८ र ४३ वर्षीय दुई पुरुष, २५ र ५१ वर्षीया दुई महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु राप्तीको क्वारेन्टिनमा रहेका प्रयोगशालाकी प्रमुख डा.अधिकारीले जानकारी दिइन् ।
सोमबार कुल ४०५ वटा नमुनाको परीक्षण गरिएको थियो ।





















