काठमाडौं / नेपालमा थप ८ सय १८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने २४ घन्टा यता काठमाडौं उपत्यकाका ३ जिल्लामा १६६ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १२६ जना, ललितपुरमा १२ जना , भक्तपुरमा २८ जना कोरोना संक्रमित भेटिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ८ हजार ३६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
थप ८ सय १८ जनामा संक्रमण पुष्टि भए सँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।





















