रौतहट / रौतहट जिल्ला अन्तर्गत गढ़ीमाई नगरपालिका धर्मपुर स्थित रहेको वाग्मती नदीमा तीन जना बालिका बेपत्ता भएका छन् । आज बिहान १० बजे नुहाउने क्रममा तिनै जना बालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा गढ़ीमाई नगरपालिक वडा नं ७ धर्मपुर टोल बस्ने भदई मुखियाको छोरी अन्दाजी बर्ष १० की पिंकु कुमारी मुखिया र सोही ठाउँका बस्ने लक्ष्मण दासको छोरी अन्दाजी बर्ष १२ की सुश्मिता कुमारी दास तथा छठु मुखियाको छोरी अन्दाजी १० वर्ष की चंचल कुमारी मुखिया रहेको जिल्ला प्रहरी कार्यालय रौतहट जनाकारी दिएको हो ।
तिनै जना नदिमा नुहाउने क्रममा बेपत्ता भएको भनी खबर पाएपछि साढ़े ११ बजे प्रहरीको टोली घटनास्थलमा पुगेका थिए ।
प्रहरी चौकी धर्मपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक को कमाण्डमा गएका टोलीले खोज तलासको कार्य गरिरहेको प्रहरीले जानकारी दिएका छन् । बालिकाहरुको खोज तलासमा नेपाल प्रहरी,ससत्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी गराउनु भएको छ ।





















