चितवन / चितवनमा थप १० जना सहित १३ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
भरतपुरको कोभिड १९ प्रयोगशालामा आज शनिवार गरिएको परीक्षणका क्रममा भरतपुरका ७ जना र राप्ती नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै मकवानपुरका २ जना र नवलपुरका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र,पुरानो मेडिकल कलेज र राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।





















