चितवन / चितवनको रत्ननगर बकुलहर अस्पताल टाँडीका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल भएका छन् ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा हिजो शुक्रबार राति गरिएको परीक्षणमा डा.बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।
भरतपुर अस्पतालबाट स्वाब दिएका ३९ वर्षीय डा.बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । डा.बगालेलाई गत हप्ता कोरोना संक्रमण पुष्टि भएको थियो । कार्य क्षेत्रमै खटिएका बेलामा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यही कोरोनाका कारण डा.बगालेलाई उनी बसोबास गर्दै आएको, टोल विकास सस्था लगायत स्थानीय व्यक्ति वा संघ सस्थाले दुव्र्यवहार गरेका थिए ।





















