काठमाडौं / आज शुक्रबार देशभर ८ सय ३८ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै काठमाण्डौं उपत्यकामा नयाँ १४२ जना थप भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाण्डौंमा १४२ जना संक्रमित थपिँदा ललितपुरमा २५ जना र भक्तपुरमा १५ जना नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हुन् ।
आज देशभर २ सय ५० संक्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभर होम आइसोलेसन रहनेको संख्या ३ हजार ५ सय ८६ रहेको उनले बताए । १२ हजार २ य ३४ जना हाल पनि क्वारेन्टाइनमा रहेका उनले बताए ।
प्रवक्ता डा गौतमले नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको जानकारी दिए । अहिलेसम्म नेपालमा १८ हजार २ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । त्यसैगरी विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ ।





















