चितवन / चितवनमा चितवन प्रहरीले मास्क नलगाउने २१० जनालाई बुधवार कारवाहीे गर्यो ।
चितवनमा मास्क नलगाउने र सवारी साधनमा सामाजिक दुरी कायम नगर्नेलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।
चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हिजो बुधबार अपरान्ह ५.३० बजे सम्ममा २१० जनालाई कारवाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्ने २४ महिला र १७१ जना पुरुष र सवारी साधनमा सामाजिक दुरी कायम नराख्ने १५ जना गरि चितवनको बिभिन्न स्थानबाट २१० जनालाई कारवाही गरेको जानकारी दिए ।
प्रहरीले मास्क नलगाउने र सामाजिक दुरी कायम नगर्ने सबैबाट कारवाही स्वरुप ४० हजार ४ सय रुपैयाँ जरिवाना उठाएको छ ।
चितवनमा माडी बाहेक सबै स्थानीय तहमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकोले चितवन प्रहरीले मानिसहरुलाई हिँडडुल गर्न कडाई गरेको छ ।
फोटोः फाइल





















