काठमाडौं / उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै, २४ घण्टामा देशभर ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशमा कोरोना संक्रमणको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ।





















