काठमाडौं / आज मंगलबार देशभर कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो संख्या अहिले सम्मकै बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए । आज थपिएका सहित हाल सम्म संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर फर्किएका छन् । यिनिहरु सहित हाल सम्म निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ
विगत २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ । यिनिहरु सहित हालसम्म मृतक १ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर हाल १० हजार ५ सय ६३ सक्रिय संक्रमित छन् ।
























