चितवन। भरतपुर जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। सहकारी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष चेतप्रसाद सेढाईको अध्यक्षता रहेको थियो।
कार्यक्रममा चितवन जिल्ला सहकारी संघका अध्यक्ष शरदकुमार बर्तौला प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी, भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हरिपन्त (लेखराज) विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा संस्थाका सचिव कृष्णप्रसाद अधिकारीले सहजीकरण गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष रामप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका कोषाध्यक्ष महेन्द्रप्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

संस्थाको ३०औँ वार्षिक साधारणसभाका अवसरमा संस्थाको आर्थिक अवस्था, गतिविधि तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो। साथै, सहकारीको विकास, सदस्यहरूको हित तथा संस्थागत प्रगतिसँग सम्बन्धित विषयहरूमा समेत विचारविमर्श भएको थियो।
साधारणसभाले संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउने दिशामा अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

























