काठमाडौं। पुर्ख्यौली घर पालुङटार नगरपालिका–२, दारिमचौर, गोरखा भएका दारिमचौर मरहट्टा बन्धुत्व समाजको आयोजनामा दसैँ शुभकामना आदानप्रदान तथा बन्धु भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
२०८३ असोज २४ गते शनिबार काठमाडौंको बालाजु, नयाँबजारस्थित सगुन क्याफेको सभाहलमा आयोजित कार्यक्रममा समाजका सदस्यहरू सपरिवार सहभागी भएका थिए।
विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को पावन अवसरमा आयोजित उक्त कार्यक्रमले बन्धुबान्धवबीच आपसी सद्भाव, एकता, भाइचारा र पारिवारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य लिएको थियो। कार्यक्रममा समाजका अग्रज, बुद्धिजीवी, समाजसेवी तथा बन्धुबान्धवहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समाजका अध्यक्ष हरि मरहट्टाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ सदस्य षडानन्द मरहट्टा रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा सीता मरहट्टाको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजक सुरेश बाबु मरहट्टाले गर्नुभएको थियो। कार्यसमिति सदस्य सुभाषचन्द्र मरहट्टाले स्वागत मन्तव्य व्यक्त गर्दै सहभागी सबैलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रमको सुरुवात परम्परागत रूपमा दियो प्रज्वलन गरी गरिएको थियो। त्यस अवसरमा समाजका अग्रज, सदस्य तथा सम्पूर्ण बन्धुबान्धवहरूको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो। सहभागीहरूले एकआपसमा चाडपर्वको शुभकामना आदानप्रदान गर्दै पारिवारिक आत्मीयता र सुखदुःख साटासाट गरेका थिए।

कार्यक्रममा कोषाध्यक्ष नारायण मरहट्टाले समाजको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, कार्यसमिति सदस्य दीपक बाबु मरहट्टाले समाजको स्थापनाकालदेखि हालसम्मको अवस्था, गतिविधि तथा यात्राबारे चर्चा गर्नुभएको थियो। उहाँले समाजको विकास, संस्थागत सुदृढीकरण र बन्धुहरूबीचको एकतालाई निरन्तरता दिनुपर्ने महत्त्व औँल्याउनुभएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा समाजका सदस्य प्रा. डा. सुजन बाबु मरहट्टा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त हुनुभएकोमा उहाँलाई समाजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। उहाँको शैक्षिक योगदान, क्षमता र उपलब्धिको कदर गर्दै विशेष सम्मानपत्रद्वारा सम्मानसमेत गरिएको थियो।

उहाँको नियुक्तिलाई समाजका लागि गौरवको विषयका रूपमा लिँदै सफल कार्यकालको कामना गरिएको थियो। उहाँको नेतृत्वमा विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान तथा प्राज्ञिक विकासले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरिएको थियो।
यस अवसरमा मरहट्टा सेवा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ध्रुव बाबु मरहट्टा लगायत प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। ध्रुव बाबु मरहट्टा तथा समाजका अग्रज व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै बन्धुत्व, सामाजिक सहकार्य र संस्थागत एकताको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।
‘एकता, सद्भाव र सहकार्य नै मजबुत समाजको आधार’ भन्ने भावनालाई आत्मसात् गर्दै सम्पन्न कार्यक्रमले पुर्ख्यौली पहिचान, मौलिक संस्कृति र पारिवारिक सम्बन्धलाई जीवन्त राख्न महत्त्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको विश्वास रहेको थियो।

यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो पुर्ख्यौली थलो, पारिवारिक सम्बन्ध र सामाजिक जिम्मेवारीप्रति परिचित गराउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको अन्त्यमा सहभागी बन्धुहरूले आगामी दिनमा पनि यस्ता भेटघाट, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै दारिमचौर मरहट्टा बन्धुत्व समाजलाई अझ एकताबद्ध, सशक्त र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

आत्मीयता, सद्भाव र भाइचाराले भरिएको उक्त कार्यक्रमले समाजका सदस्यहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै सामाजिक एकताको सन्देश प्रवाह गरेको छ।