चितवन – इनर ह्वील क्लब अफ भरतपुर डिभाइन क्रियाशिल महिला समूहको संयुक्त आयोजनामा महिलाहरूको पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
२०८३साल असोज १४ गते भरतपुर महानगरपालिका क्षेत्रपुरस्थित दियालो कलेजको भवनमा नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
महिलाहरूमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा समयमै रोगको पहिचान गरी उपचारमा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा ६० जना आमा, दिदीबहिनीहरूको (VIA) परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १७ जनामा संक्रमण देखिएपछि उहाँहरूलाई आवश्यक औषधि प्रदान गरिएको आयोजकले जनाएको छ।
इनरह्वील क्लब अफ भरतपुर डिभाइनकी अध्यक्ष नारायणी देवी श्रेष्ठ ज्यु कियाशिल आमा समूह उपाध्यक्ष निर्मला पोख्रेल ज्यु को अध्यक्षतामा भरतपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मनोज राना भाटज्यु प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।त्यसैगरी, क्लबकी पूर्वअध्यक्ष सरोजा मास्केज्यु, मिल्स एरिया टोल विकास संस्थाकी अध्यक्ष सरला जोशीज्युतथा नेपाल परिवार नियोजन संघका कार्यालय प्रमुख धुर्वराज पौडेलज्यु विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा उज्यालो आमा समूह, शान्ति आमा समुह , नर्सिङ अधिकृत तथा प्राविधिक सहयोगी विजय श्रेष्ठ, ज्यु सहयोगी जानकी भट्टराई ज्यु र सावित्री सापकोटा ज्यु को उपस्थिति रहेको थियो।त्यसैगरी, इनरह्वील क्लब अफ भरतपुर डिभाइनकी पूर्वअध्यक्ष शर्मिला घले गुरुङज्यु कार्यक्रम संयोजक सरिता धितालज्यु, क्लबका सम्पूर्ण सदस्यज्युहरू तथा विभिन्न टोलका आमा, दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा महिलाहरूको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी गराइएको थियो। पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्न सके उपचार सम्भव हुने भएकाले महिलाहरूले आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो।कार्यक्रम सफल बनाउन सहयोग, समन्वय र साथ प्रदान गर्ने सम्पूर्ण टोल विकास संस्था, आमा समूह, स्वास्थ्यकर्मी, सहयोगी संस्था तथा सहभागी दिदीबहिनीहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।
महिलाहरूको स्वास्थ्य संरक्षण र सामाजिक सेवाका क्षेत्रमा यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने आयोजकले जनाएको छ।



























