काठमाडौँ – जेरो एमिसन राइड एनले देशमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूका लागि विशेष सहयोगको घोषणा गरेको छ ।
कम्पनीले यस बिपतको घडिमा आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) लाई ध्यानमा राख्दै “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” लाई हस्तान्तरण गर्नेगरि कम्पनिको तर्फबाट रु एक लाखको सहायता कोष खडा गर्ने र आज उप्रान्त बिजया दशमि सम्मको सोरुम सेल्स भयको स्कुटरको प्रत्येक बिक्रीबापत रु २ हजार रुपैयाँ सोही उद्धार कोषमा जम्मा गरि एकमुस्ट रकम “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा जम्मा गरिदिने निर्णय गरेको हो।
यस अभियान अन्तर्गत कम्पनीमार्फत बिक्री हुने लुयान, इकुटर, सारथी र विंगर ब्रान्डका स्कुटरहरू समावेश गरिएका छन् । ग्राहकहरूले यीमध्ये कुनै पनि ब्रान्डका नयाँ स्कुटर खरिद गर्दा उक्त २ हजार रुपैयाँ सहित टोतल रकम कम्पनिले उद्दारकोषमा कोषमा जम्मा गरिनेछ। सो को हिसाब पनि प्रकासन गरिने छ।
साथै, कम्पनीले पारदर्शिता कायम राख्न र ग्राहकहरूको योगदानको सम्मान गर्नका लागि स्कुटर खरिदकर्ताको नाम तथा फोटो आधिकारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ ।
देश कठिन परिस्थितिबाट गुज्रिरहेको समयमा आफ्नो यो सानो प्रयासले बाढीपीडितहरूको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग पुग्ने अपेक्षा जिरो ईमिसन राइड एनले लिएको छ ।





















