काठमाडौं / ४ वर्षमा कुलमान घिसिङको नेतृत्वमा विद्युत प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि अर्को कार्यकाल पनि दिन माग गरेको छ ।
नेपाल विद्युत् प्रधिकरणको ३५ औं वार्षिकोत्सव कार्यक्रममा त्यस्तो माग गरेको हो । नियनका अध्यक्ष रामेश्वर पौडेलले ४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको बताए।
अध्यक्ष पौडेलले भने ‘प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फूलाएर हिँड्न सक्ने अबस्था अहिले बनेको छ । यो उहाँकै नेतृत्वमा सम्भव भएको हो ।सरकारले यसको मूल्यांकन अवश्य नै गर्नेछ,’नै, ‘अर्को वर्ष ३६ औं वार्षिकोत्सव समेत अहिलेकै टीमसँग मनाउन पाइन्छ भन्ने हामीलाई विश्वास छ ।’
कुलमानको ४ वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनको कार्यकाल सकिए सँगै सो पदका लागि दौडधुप गर्नेको संख्या बढ्दै गएको छ ।





















