काठमाडौं / सोमबार काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
संक्रमित मध्ये काठमाडौंका १ सय ३९, ललितपुरका १५ र भक्तपुरका १४ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो ।





















