करिब २,००० वर्ष अगाडि (Han Dynasty) को समयमा तोफु ( Tofu) को उत्पती चीन (China) बाट भएको हो |
चीनको एक पौराणीक स्थानिय एउटा लोकप्रिय कथाअनुसार, Liu An गरेका एक चिनियाँ राजकुमारले घरमा खेल्ने क्रममा चकचक गरी सोया दूधमा नुन वा कुनै एक जमाउने पदार्थ अन्जानमै मिसाउँदा आकस्मिक रूपमा tofu बनेको थियो |
तोफु (Tofu) इतिहास र यसको विस्तार:
China (चीन): पहिलो पटक tofu बनाइयो र यसको प्रयोग चीनमा मात्रै सिमित हुने कुरै भएन आठौ सेन्चुरीको कालखण्डमा बौद्ध भिक्षुहरू जापानमा घुन्न आए | उक्त भिक्षुहरुले चीनमा स्वस्थकर मान्दै आएको tofu जापानमा समेत लिएर आए |
बिस्तारै बिस्तारै जापानमा तोफुको स्वाद गाँउ-गाँउ हुदै शहरहरुतीर छिर्दै थियो, जापानको सहरमा कोरियनहरु व्यापारिक भ्रमणमा आएका समयमा तोफु खाने अवसर पाए |
कोरीयनले उक्त स्वाद कहिल्यै भुल्नै सकेन जसले कोरियामा व्यापक बिस्तार गर्यो | सायद त्यसैको शुरुवाती प्रभावले समेत होला हालसम्म पनी कोरियनबासी तोफुको सुप औधी खाने गर्छन |
आजको समयमा विश्वभरी tofu लोकप्रिय छ |
अझ भन्ने हो भने त विशेष गरी शाहाकारी भोजन गर्ने विश्वका सबै देशहरुमा तोफुलाई vegetarian र healthy food को रूपमा पहिलो प्राथमिकता दिइन्छ |
तोफु संसारभरी किन लोकप्रिय हुदै फैलियो ……
क) सजिलै बनाउन सकिने |
ख) सस्तो, सर्वसुलभ र पोषणयुक्त खानेकुरा |
ग) मासुको राम्रो विकल्पको खानेकुरा |
तोफु (Tofu) केबाट कसरी बन्छ त …
Tofu मुख्य रूपमा Soybean (भटमास) बाट बन्छ |
तोफु बनाउने बनाउने सजिलो तरिका
1. भटमास भिजाउने |
2. भिजेको भटमासलाई पिसेर soy milk (सोया दूध) बनाउने |
3. त्यसमा “coagulant” (जस्तै: calcium sulfate वा lemon juice) हाल्ने |
4. अब उक्त मिश्रण curd (दही जस्तै) बन्छ |
5. त्यसलाई थिचेर block बनाइन्छ |
यसरी आवश्यकता अनुसार मिश्रण गरी ठोस वस्तु बनाईएको भटमासको खाध्यान नै tofu हो |
वास्तवमा सबैले बुझ्ने भाषामा भन्नुपर्दा Soy milk जमाएर बनेको पनिर जस्तै चीज ठोस पदार्थ नै tofu हो |
Tofu मा के कति प्रोटिन हुन्छ त …
Tofu मा प्रोटिनको मात्रा यसको प्रकार (soft, firm, extra firm) अनुसार फरक फरक हुन्छ |
तर औसत रूपमा 100 ग्राम tofu मा करिब ८ देखी १० ग्राम प्रोटिन पाईन्छ |
विस्तृतमा सजिलोसँग यसरी बुझ्न सकिन्छ |
1. Soft tofu: ८ देखी १० ग्राम प्रोटिन/ १०० ग्राम
2. Firm tofu १० देखी १२ ग्राम प्रोटिन / १०० ग्राम
3. Extra firm tofu १२ देखी १५ ग्राम प्रोटिन/ १०० ग्राम
हामिले करिब एक (१) कप २५० ग्राम tofu खाँदा
लगभग २० देखी ३० ग्राम प्रोटिन पाइन्छ |
तोफु (Tofu) आम मानवको स्वास्थ्यमा किन राम्रो छ ?
क) यो प्राकृतिक plant-based protein को श्रोत हो |
ख) यसले muscle बलियो बनाउनमा सहयोग गर्छ |
ग) मासुको राम्रो सबैभन्दा पहिलो विकल्प हो |
आफ्नो स्वस्थ स्वास्थ्य राख्नको लागी स्वाद अनुसार तोफु (Tofu) बिबिध भेराईटीहरु बनाएर खान सकिन्छ |





















