चितवन / कोरोना संक्रमित बढेपछि चितवनमा निषेधाज्ञासँगै जनजीवन अस्तव्यस्त बन्दै गएको छ । तर चितवनका युवा तथा समाजसेवी अबिरल पोखरेल दिनदिनै असाहयकोे सेवामा तल्लीन छन् ।
पोखरेल भरतपुर महानगरपालिका वडा न. ११ कमालादेवी टोल मन्दिर टोल विकास संस्था मा घर बनाई बसोबास गर्दै आएका र हाल भरतपुर महानगरमा विपद् व्यवस्थापन अन्र्तगत वरुण यन्त्रका सहायक ईन्चार्ज हुन्,। उनी यतिबेला कोरोना नियन्त्रण लागि पिसिआर परीक्षणको सिसिआईसीटी टिमको ईन्चार्ज भएर आम सर्वसाधारणको सेवामा व्यस्त छन् ।

चितवनमा कोरोनाको महामारी ह्वात्तै बढेपछि उनको व्यस्तता पनि बढेको हो । पोखरेल दैनिक कारोना संक्रमित बिरामीहरुको पिसिआर परीक्षण , विदेश र अन्य जिल्लाबाट जिल्लामा आएकालाई क्वारेन्टिनमा पुराउने र पिसिआर गराउन आफै एम्बुलेन्स चलाएर दैनिक खटिन्छन् ।
एक हप्ता अगाडि मात्रै भरतपुर– २९ को गाइघाटबाट ६९ वर्षकी अशक्त बेसहारा महिलालाई उनले उद्धार गरेर भरतपुर –१० स्थित क्वारेन्टिन ल्याउन सफल भएका थिए । पोखरेलले उनै वृद्वालाई आज कोरोना नेगेटिभ देखिएपछि आज नै मानवसेवा आश्रम मा लगेर छोडेर सहयोग गरेका छन् ।
पोखरेलले क्वारेन्टिनमा बस्दा वृद्धाको नियमित हेरचाह र सरसफाई खानपान लगायतको विषय देखि लिएर पिसिआएर परीक्षणमा सहायोग गदै हिडेका थिए ।
आफुले महानगर मार्फत पठाएको २४ सय जनाको पिसिआर गराउन एम्बुलेन्समा लगेको र विदेशबाट आएका ४ हजारलाई बढीलाई क्वारेन्टिन पुर्याएर सेवा दिएको उनको भनाई छ । ।उनी भन्छन सत्यकर्ममा मनदेखि जुट्नुपर्छ , ‘सबै कुरा विस्तारै प्राप्त हुन्छ ।’ यति धेरैलाई एउटै सेवा गर्न सकौला भन्ने आफुले कल्पना समेत नगरेको थिईन , आत्मबल बढाएर काम गरे सकिने रहेछ ।’
उनले आफ्नो जीवन भोगाइले गर्दा जसरी पनि अरूको सेवा र सहयोगका निम्ति झन्झट र दुःख फिटिक्कै महसुस गरेनन् । अनेक समस्यालाई पन्छयाउँदै अघि बढे । यिनै पोखरेल वडा, टोल सुधार, सामाजिक संस्थामा सहयोग गर्न तल्लीन छन् ।

























