काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत विभिन्न प्रदेश, कार्यालय तथा इकाइमा कार्यरत एसएसपीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
सरुवाअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको शान्ति सुरक्षा महाशाखामा कार्यरत एसएसपी अजय केसीलाई नेपाल प्रहरी महाविद्यालय, जर्गाह (पश्चिम नवलपरासी) पठाइएको छ।
त्यस्तै, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा कार्यरत एसएसपी अनुपम शमशेर जबरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को विशेष अपराध अनुसन्धान महाशाखा, लाजिम्पाटमा सरुवा गरिएको छ।
गृह मन्त्रालयले संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी, चुस्त र परिणाममुखी बनाउने उद्देश्यले विभिन्न महत्त्वपूर्ण इकाइ तथा प्रदेशमा कार्यरत एसएसपीहरूको जिम्मेवारी परिवर्तन गरेको जनाएको छ।
सरुवासँगै केही अधिकारीले नयाँ रणनीतिक तथा अनुसन्धानसम्बन्धी जिम्मेवारी पाएका छन् भने केहीलाई प्रदेश तथा तालिम प्रतिष्ठानमा खटाइएको छ।
अन्य एसएसपीहरूको सरुवा सूची गृह मन्त्रालयले सार्वजनिक गरेको छ। सरुवाका विस्तृत विवरणमा विभिन्न प्रदेश प्रहरी कार्यालय, अनुसन्धान निकाय, तालिम केन्द्र तथा विशेष इकाइहरू समेटिएका छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)





















