काठमाडौँ । निजामती कर्मचारी (सिभिल)अस्पतालले अन्तरङ्ग सेवाका बिरामीलाई नि:शुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ।
अस्पतालले २०८३ साल जेठ १ गते शुक्रबार बिहान ९:३० बजेदेखि उक्त कार्यक्रम सुरु गरेको अस्पतालका निर्देशक प्रा.डा. मोहन चन्द्र रेग्मीले जानकारी दिए ।
अस्पतालमा भर्ना भई उपचाररत अन्तरङ्ग सेवाका बिरामीहरूलाई लक्षित गरी नि:शुल्क खाना वितरण सेवा सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।





















