भरतपुर – नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एसोसिएशन भरतपुर चितवनको आयोजनामा भरतपुर महानगरपालिका वडा नं २१ स्थित मामा भान्जा पार्टी प्यालेसको तालिम हलमा पशु स्वास्थ्यकर्मीहरु का लागि तनाब व्यवस्थापन तथा ध्यान योग कार्यक्रम सम्पन्न गरेको हो ।
आईतबार भएको कार्यक्रमको सहाजिकरण योग प्रशिक्षक रण वहादुर खत्री र विमला लम्सालले गरेका थिए । आफूभित्रका सुख, शान्ति र समृद्धि जगाउनका लागि दैनिक योग, ध्यानका प्रयोगात्मक अभ्यास गरी लाभ लिनको लागि पशु स्वास्थ्य कर्मी लाई उत्प्रेरित समेत गरेका थिए ।
पशु स्वास्थ्यकर्मी लाई तनाव ब्याबस्थापन तथा ध्यान योग को बारेमा प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेम्ला का चितवन जिल्ला अध्यक्ष प्रकाश ढकालले जानकारी दिनुभयो ।
सोही कार्यक्रमको दोस्रो सत्रमा प्रजनन स्वास्थ्य तथा कृतिम गर्भाधान विषयक अन्तर क्रिया कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा डा खगेन्द्र सापकोटाले सहजी करण गरेका थिए भने चितवन जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष किशोर बगाले ,भरतपुर महानगरपालिका पशु शाखाका प्रमुख शैलेन्द्र भण्डारी ,एमडिच फार्मास्युटिकलका सिईयो दिपक दहालले प्राबिधिकहरुलाई नयाँ प्रविधिको बारेमा समेत जानकारी दिईएको थियो । कार्यक्रममा ४० जना पशु स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।
दोस्रो सत्र नेम्ला भरतपुर महानगरका शिव प्रसाद पौडेल ,अमीर मिया , दीनानाथ खरेलले तालिम कार्यक्रमको संयोजन गरेका थिए ।
निजी स्तरवाट उल्लेख्य सेवा पुर्याएकोमा जीवन अधिकारी र ईश्वरी प्रसाद आचार्य लगायत पशु स्वास्थ्यकर्मी हरूको प्रसंशा गरिएको थियो ।
पशु स्वास्थ्य कर्मीहरु लाई तनाव ब्याबस्थापन कार्यक्रम सम्पन्न
पशु स्वास्थ्य कर्मीहरु लाई तनाव ब्याबस्थापन कार्यक्रम सम्पन्न
"सान्दार अनलाईन "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















