सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् ।
बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्नु हुँदा उनको निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए ।
नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए।
एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।





















